कञ्चनपुरको बेलौरी नगरपालिकामा सात फिट लामो अजिंगर फेला परेको छ। वडा नम्बर ६, भुराकोट दसगजा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले उक्त अजिङ्गर उद्धार गरेर सुरक्षित ठाउँमा छाडेको छ।
बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सीमा गस्ती टोलीले अजिंगर जीवितै उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।
उद्धार गरिएको अजिंगर कुन्डा सबडिभिजन वन कार्यालयका वन रक्षक महेन्द्र कँडेलको टोलीलाई बुझाइएको छ। उक्त अजिंगर वन रक्षकको टोलीले सुरक्षित स्थानमा छाडेका छन्।