बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरूष मृत भेटिएका छन्।
मृत भेटिनेमा जगन्नाथ गाउँपालिका-६ का १८ वर्षीय जीवन चदारा र बूढीगंगा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन्।
चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा कटुवाल बूढीगंगा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगंगा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए।
यस्तै, चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए।
कटुवालको शव परीक्षणपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ भने चदाराको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।