शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्कघातका कारण आज निधन भएको छ।
उनलाई मस्तिष्कघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए।
मन्त्रालयका निमित्त सचिव डा हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जली र शोककुल परिवारमा समवेदना व्यक्त गरे।
अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।