चिया टिप्दै गरेका एक मजदुरको जंगली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका-९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ।
आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका-१४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।