मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ।
कञ्चनपुर-फत्तेपुर भित्री सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका-४ तुलसी टोलमा आज (आइतबार) दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका- ७ का सुभास बस्नेत र उदयपुर चौदण्डीगढी नगरपालिका- ९ भिमाटोलका २८ वर्षीय हरिशंकर चौधरी रहेका छन्।
दुवै जना मोटरसाइकल चालक रहेको र उनीहरुको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को २२ प १५५८ नम्बरको मोटरसाइलकलाई विपरीत दिशाबाट आउँदै गरेको अर्को को २२ प १५५८ नम्बर मोटरसाइकल एक आपसमा ठोक्किएको थियो।
सो दुर्घटनामा परी को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सुभास बस्नेतको ३० वर्षीय श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर बस्नेत र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन्।
त्यस्तै को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सप्तरी सप्तकोशी नगरपलिका- ९ का २६ वर्षीय रोहित चौधरीसमेत घाइते भएका छन्।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।