म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर आज एक जनाको मृत्यु भएको छ।
तीन तला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका-७ हिस्तानका अन्दाजी ३२/३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बेनी अस्पताल पुर्याउँदा चिकित्सकले पुनलाई मृत घोषणा गरेका जानकारी दिए।
मृतक पुन सो घर निर्माणमा मजदुरका रूपमा काम गर्थे। मृतकको शव परीक्षणका लागि बेनी अस्पतालको शव गृहमा राखिएको छ।