ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबु-छोरा आज गाउँ फर्किएका छन्।
हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिँदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन्।
अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए। चौरी गोठ सार्ने क्रममा हिउँ पहिराले बगाएसँगै उनीहरू ओडारमा अल्झिएर बसेका थिए। उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबु-छोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन।
हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि आज दिउँसो उनीहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए।
हिउँमा फसेका बाबु-छोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए। पापङको लोनाक भन्ने ठाउँमा चौरी गोठ सार्ने क्रममा बाबु-छोरा हिउँमा फसेका थिए।