अत्तरिया उद्योग वाणिज्य संघले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ।
उद्योग वाणिज्य संघले आज विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ।
कोभिड-१९ तीव्र रूपमा फैलिन गएकाले महोत्सव स्थगित गरिएको संघका अध्यक्ष अशोकराज देवकोटाले जारी विज्ञप्तिमा उल्लेख छ।
महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् भनेर स्थगित गरिएको उनको भनाइ छ।