भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीबाट इँटा बोकेर काठमाडौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो।
ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो।
आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको छ।