मुस्ताङमा एक जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ।
भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीया मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिए।
उनका अनुसार आइतबार मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै गर्दा यामसानीको बेहोस भएकी थिइन्।
बेहोस यामसानीलाई जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको तामाङले बताए।
लेक लागेर मृत्यु भएको बताइए पनि घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मृतकको शव जोमसोम अस्पतालमा परीक्षण गरिएको छ।
पोखरा-जोमसोम हवाई मार्ग भएर यामसानीसहित ६० जना भारतीय मुक्तिनाथ तीर्थयात्राका लागि गएका थिए।