सप्तरीको सुरुंगा नगरपालिका–३ मा सोमबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
विद्युतमा समस्या आई आगलागी भएको आशंका गरिएको छ। उक्त आगलागीबाट अन्तपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो।