बाजुराको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन्। बडीमालिका नगरपालिका–८ मा रूख चढेर काफल खाइरहेका बेला एकाएक काफलको रूख ढलेर सात बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घाइते हुनेमा बडीमालिका नगरपालिका–८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल छन्। उनीहरू करिब ५ बजेतिर सोही वडाको खर्रामा काफल खान गएको प्रहरीले जनाएको छ।
घाइते भएका सातमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर अवस्था रहेका कमल रावल, भीम रावल र कमल रावल छन्। घाइते बालकहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।