स्टेफी ग्राफसँग १९९३ को विम्बलडनको एकल फाइनलमा हारेपछि कोर्टमै रोएर चर्चामा आएकी चेक टेनिस खेलाडी याना नोभोत्नाको सोमबार निधन भएको छ।
४९ वर्षीया नोभोत्ना लामो समय क्यान्सरसँग जुधिरहेकी थिइन्।
१९९७ को विम्बलडनको एकल फाइनलमा मार्टिना हिंगिससँग फेरि हारेकी नोभोत्नाले अन्ततः सन् १९९८ मा उपाधि चुमेकी थिइन्। त्यसबाहेक उनले महिला युगल र मिश्रित युगलमा गरी १६ वटा अरू ग्रान्डस्ल्याम उपाधि जितेकी थिइन्।