टेनिसका सर्वकालीन महान् खेलाडीमध्येका एक रोजर फेडेररले यसै महिनाको अन्त्यबाट शीर्ष स्तरको टेनिसबाट संन्यास लिने घोषणा गरेका छन्।
२० पटकको ग्रान्डस्लाम च्याम्पियनले विम्बल्डन २०२१ पछि खेलेका छैनन्, त्यसपछि उनको घुँडाको तेस्रो शल्यक्रिया भएको थियो।
४१ वर्षीय स्विस फेडेररले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘मैले २४ वर्षमा १५०० भन्दा बढी खेल खेलेको छु। अब मैले मेरो करियरको अन्त्य गर्ने समय हो भनेर बुझ्नुपर्छ।’
फेडेरर विगत तीन वर्षदेखि घुँडाको समस्यासँग संघर्ष गरिरहेका छन्। उनलाई २०२० को सुरुवातदेखि आयोजित ११ ग्रान्ड स्लाममध्ये तीनमा मात्र सीमित गरेको छ।
उनले आफ्नो घुँडाको थप शल्यक्रिया आवश्यक भएको बताएका छन्। यसअघि २०२० मा उनको दुईवटा शल्यक्रिया गरिएको थियो।
स्पेनका राफेल नाडाल र सर्बियाका नोभाक जोकोभिचले मात्र फेडेररभन्दा बढी पुरुष ग्रान्डस्लामको उपाधि जितेका छन्। नाडालले २२ र जोकोभिचले २१ ग्रान्डस्लामको उपाधि जितेका छन्।
फेडेररले १९९८ मा १६ वर्षको उमेरमा आफ्नो व्यावसायिक डेब्यू गरेका थिए भने २००३ मा विम्बल्डनमा जितेर आफ्नो पहिलो ग्रान्डस्लाम ट्रफी उचालेका थिए।