२०४७ सालमा नायव सुब्बाको रूपमा राष्ट्रिय खेलकुद परिषद्को प्रशासनिक सेवामा प्रवेश गरेका ब्रजबहादुर केसी ३२ वर्षपछि अनिवार्य अवकाश पाए।
परिषद् अन्तर्गत विभिन्न शाखा तथा विभागमा रहेर काम गरेका केसीको २०५४ असोज १५ मा अधिकृतमा बढुवा भएको थियो। यस्तै २०६३ पुस २१ गते द्वितीय श्रेणीमा बढुवा भएका उनी २०७९ सार १२ गते प्रथम श्रेणीमा बढुवा भएका थिए।
उनी बुधबार राष्ट्रिय खेलकुद परिषद्बाट विदा भए। केसीलाई बुधबार एक कार्यक्रमकाबीच सदस्यसचिव टंकलाल घिसिङले बिदाई गरे।
कार्यक्रममा घिसिङले केसी.को आगामी दिनको लागि शुभकामना दिँदै परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडी बढ्ने कर्मचारीको रुपमा पाएको र आगामी दिनमा पनि खेलकुद क्षेत्रले केसीको अनुभवलाई उपयोग गर्नेमा आफू विश्वस्त रहेको बताए।
उनले परिषद्मा कर्मचारीहरुले अन्यायपूर्ण जीवन विताईरहेको भन्दै आफु सदा कर्मचारीको साथमा रहने बताए।
यस्तै बिदाई हुँदै गरेका के.सी.ले ३० औं बर्ष खेलकुदमा कार्य गर्दा सेवका क्रममा केहि तिता, नमिठा कुराहरु भएमा त्यसलाई आत्मसाथ नगर्न र आफुले पनि त्यसलार्य सेवाका क्रममा भएको क्रियाकलापको रुपमा लिएको भन्दै अनिवार्य अवकासका कारण सेवाबाट बाध्यात्मक विदाई भएता पनि खेलकुदबाट टाढा नरहने बताए।
यस्तै शुभकामना सहित बिदाई दिने क्रममा तालिम तथा प्रशिक्षण विभागका बरिष्ठ प्रशिक्षक अर्जुन बहादुर बिकले अनिवार्य अवकासका कारण विदाई भएता पनि केसी खेलकुदबाट टाढा नरहने बताए।
कर्मचारीहरुको तर्फबाट संघका अध्यक्ष रञ्जन थापाले सेवाका क्रममा केसीसँगको सम्वन्ध आत्मिय भएको भन्दै आगामी समय सफलतापूर्वक बितोस भन्दै शुभकामना ब्यक्त गरे।