राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव किशोरबहादुर सिंहको निधन भएको छ। उनको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
पारिवारिकाअनुसार उनलाई बुधबार राति स्वस्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
२०५९ सालदेखि २०६३ सालसम्म राखेप सदस्यसचिव भएर काम गरेका सिंह ब्याडमिन्टन खेलाडी हुँदै अध्यक्ष समेत बनेका थिए।
जिम्नास्टिक संघको अध्यक्ष भएर समेत काम गरेका उनी ६ वर्ष लगातार ब्याडमिन्टनको राष्ट्रिय च्याम्पियन भएका थिए।