हलिउड निर्माता हार्वी विनिस्टनको जीवनमा आधारित वृतचित्र बन्ने भएको छ।
बीबीसीले लाइटबक्स कम्पनीका निर्माता सिमोन र जोनाथान चिनलाई वृत्तचित्र बनाउन आह्यवान गरेको थियो।
‘विनिस्टन’ नामाकरण गरिएको ९० मिनेटको वृतचित्रलाई उर्सुला म्याकफार्लेनले निर्देशन गर्नेछिन्।
बीबीसीले उत्त वृत्तचित्र आफ्नो च्यानलबाट प्रसारण गर्नेछ।
उत्कृष्ट फिल्म निर्माताको अोस्कार अवार्ड विजेता विनिस्टनमाथि ८० जना भन्दा बढि महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि हलिउडमा यस विषयले धेरै चर्चा पाएको छ।
लाइटबक्सका अनुसार वृतचित्रमा यौन दुर्व्यवहारको शिकार भएका अभिनेत्रीहरूसँगै अभियानमा संलग्न पत्रकार, निर्माता, निर्देशक, वकिल लगायतसँग अन्तर्वार्ता लिइनेछ।
साथै वृतचित्रमा विनिस्टनसँग पनि पत्रकार, एजेन्ट वकिल, निर्देशक लगायतले लिएको अन्तर्वाता समावेश हुनेछ।
वृतचित्र प्रदर्शन हुने आधिकारिक मिति भने सार्वजनिक भएको छैन।