कवि एवं सञ्चारकर्मी गीता मैनाली कविता संग्रह ‘भावनाको भेल’ लिएर आएकी छन्। ६६ कविता संग्रहित उनको संग्रह सर्वनाम थिएटरमा सार्वजनिक भएको हो।
गीता मैनालीका कवितामा भ्रष्टाचारमा लिप्त देशको सन्दर्भ, दमित कामनाको कल्पना समेटिएको राष्ट्रकवि माधव घिमिरेले भिडियो मन्तव्यमा सुनाएका छन्।
त्यस्तै, कविता संग्रह सरस, सरल र सुन्दर भाषामा कवितात्मक अनुभूतिहरू भएको र त्यसले समकालीन जनपीडा छर्लङ्ग बनाएको डा. तारानाथ शर्माले बताए।
यसअघि, कवि मैनालीको ‘मिर्मिरेको प्रकाश’ नामक कवितासंग्रह २०५५ मा प्रकाशित भएको थियो भने ‘आस्थादीप’ नामक सोलो एल्बम पनि बजारमा आइसकेको छ।
कविता संग्रहलाई अक्सफोर्ड पब्लिकेसनले प्रकाशन गरेको हो।