साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन भएको छ।
अमेरिकाको साल्ट लेकस्थित इन्टर माउन्टेन अस्पतालमा उपचार गराइरहेकी शाहको बिहिबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
२००२ असार १६ गते वीरगन्जको श्रीपुरमा जन्मिएकी शाहले साहित्यका विभिन्न विधामा कलम चलाउँथिन्।
उनका पहेँलो गुलाफ (कथा सङ्ग्रह २०२३), बिषयान्तर (कथा सङ्ग्रह २०२८), मम्मी (उपन्यास २०४०), आकाश विभाजित छ (उपन्यास स्सयुक्त लेखन २०३२), ‘रामेको कथा’ (बालउपन्यास २०४२) लगायत कृति प्रकाशित छन्।
नेपाली सिनेमाकी चर्चित अभिनेत्री जल शाह प्रेमाकी छोरी हुन्।