यदि कसैलाई बलिउड अभिनेत्री प्रियंका चोपडा जस्तो बन्नु छ भने के गर्नुपर्ला? पेन्गुइन पब्लिकेशनले आयोजना गरेको ‘ब्रेक्रिंङ द ग्लास सिलिङ – चेन्जिङ द ड्रिम’ मा प्रियंकाले यसकाे उत्तर दिएकी छन्।
उनले भनिन्, ‘म के हो त्यो त मलाई थाहा छैन तर म पानी जस्तै बन्न चाहन्छु। जसलाई जहाँ राख्यो त्यस्तै बन्छ।’
प्रियंकाले सफलताको पनि अलग्गै परिभाषा दिएकी छन्। उनले भनिन्, ‘मेरो लागि सफलताको परिभाषा मेरा प्रशंसकसँग मलाई माया गर्ने कारण भइरहनु हो। म यस्ताे गर्न चाहन्छु जसलाई उनीहरूले सधै मन पराउँन।’
२०१७ मा फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक कमाइ गरेको टिभी अभिनेत्रीको सूचीमा प्रियंका दशमध्ये एकमा पर्न सफल भएकी थिइन्। उनले उक्त सूचीमा थप महिलाहरू हुन अावश्यक रहेकाे बताइन्।
साथै, उनले सफलताको १२ सुत्र पनि बताएकी छन्। यी हुन् :
१. तपाई जस्तो अरु कोही पनि छैन। तपाईले आफूलाई चिन्न सबैभन्दा जरुरी छ।
२. सपनालाई उडान दिनुहोस्। परिवर्तनको डरले आफ्नो सपनालाई नदबाउनुहोस्।
३. महत्वकांक्षी बन्नुहोस्। महिलाहरू त झन् एकदम महत्वकांक्षी हुन जरुरी छ।
४. कसैलाई आफ्नो सपनामा हस्तक्षेप गर्ने अधिकार नदिनुहोस्।
५. थोरैमा किन सन्तुष्ट हुनु? सपना पूरा गर्नका निम्ति लोभी हुन जरुरी छ।
६. हार्नुमा कुनैपनि खराबी छैन। तर त्यसपश्चात उठ्न जरुरी छ।
७. चुनौतीलाई स्वीकार्नुहोस्। तर, चुनौती लिनुभन्दा पहिले समझदारी अपनाउनुहोस्।
८. आफ्नो नजिकका मान्छेहरू समझदारीपूर्वक छान्नुहोस्।
९. तपाई हरेक मान्छेलाई खुशी राख्न सक्नुहुन्न। यसैले कोसिस पनि नगर्नुहोस् ।
१०. प्रत्येक कुरालाई गम्भीरताको रूपले लिन छाड्नुहोस्। जिन्दगीमा रमाइलो गर्न आवश्यक छ।
११. मानवतालाई सधैँ जाेगाइराख्नुहाेस्। यदि कसैले तपाइको लागि केही गरेको छ भने उसका लागि केही गर्ने जिम्मेवारी तपाईको पनि हो।
१२. यो कहिल्यै नभुल्नु कि, तपाई कहाँबाट आउनु भएको हो ?
https://youtu.be/NGdUChxQAE8