बलिउड अभिनेता सोहेल खानले ‘दबंग द टुर नेपाल’को बारेमा जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन आयोजना गरे।
फागुन २६ गते हुने कार्यक्रमको जानकारी दिन काठमाडौं आएका आयोजक समेत रहेका सोहेलले कार्यक्रमका लागि निकै उत्साही रहेको बताएका छन्।
नेपालको ओडिसी नेपाल, सोहेल खान प्रोडक्सन र जेइ इभेन्ट्ससँगको सहकार्यमा हुन लागेको उक्त कार्यक्रमको प्रमुख उद्देश्य विनाशकारी भूकम्प र नाकाबनदीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकरात्मक प्रचारलाई न्यूनिकरण गर्दै विश्वसामु नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिने रहेको जनाइएको छ।
सलमान खानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मिट ब्रदर्श लगायत कलाकारहरु आउने आयोजकले जनाएको छ। टुरमा कट्रिनाको सहभागिता नरहने पनि बताएको छ।
टुँडिखेलमा हुने कन्सर्ट प्रि – रेकर्डेड हुनेछ।