‘प्रत्येक ठाउँः प्रत्येक मान्छे’ उपन्यास लेखेर चर्चामा आई साझा पुरस्कारसमेत पाएका उपन्यासकार पिटर जे कार्थकको नयाँ उपन्यास बजारमा आएको छ।
अंग्रेजी भाषामा लेखिएको कार्थकको उपन्यास ‘काठमान्ड्रुइड्स’को शनिबार राजधानीमा विमोचन भएको छ। लेखक सिकेलाल, सम्पादक अखिलेश उपाध्याय र निबन्धकार शेखर खरेलले उपन्यासको संयुक्त विमोचन गरेका थिए।
उपन्यासमाथि टिप्पणी गर्दै लेखक सिके लालले उपन्यासमा काठमाडौँका दुईथरि सम्भ्रान्तको चित्रण गरिएको बताए। उनले कार्थकको लेखन शैलीको पनि प्रशंसा गरे। यस्तै द काठमान्डु पोस्ट्का सम्पादक अखिलेश उपाध्यायले उपन्यासमा काठमाडौँ सभ्यताको गरिमामय इतिहास र सुन्दर पक्षसहित नकारात्मक पक्षको पनि सजिव चित्रण गरिएको बताए। केही हदसम्म प्रयोगात्मक ढंगले लेखिएकाले उपन्यास ‘फन रिडिङ’का लागि नभई गम्भीर अध्ययनको लागि उपयुक्त हुने उनको टिप्पणी थियो। ।
उपन्यास बुक हिल पब्लिकेसनले प्रकाशन गरेको हो।