हेटौडा स्थायी घर भएकी २२ वर्षीया शृङ्खला खतिवडाले यस वर्षको मिस नेपालको उपाधि जितेकी छन्। प्रमुख जज गोविन्द गजुरेलको ‘समृद्ध नेपाल, सुखी नेपालीका लागि आवश्यक तीन चिज के हुन्’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदैं उनले उपाधि जितेकी हुन्।
बुधबार साँझ काठमाडौँको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन्।
मिस नेपाल विजेता इन्जिनरिङकी विद्यार्थी हुन्। उनी राजनीतिक परिवारबाट आएकी हुन्। उनी मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सासंद विरोध खतिवडाकी छोरी हुन्। त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्।
दाइ र बाबुसँग श्रृखंला५ फिट ६ इञ्चकी शृङ्खला कलेज टपर समेत हुन्। उनी पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्टकी विद्यार्थी हुन्। उनलाई लेखनमा समेत रूचि छ। पुस्तक प्रकाशन गर्ने उनको लक्ष्य रहेको छ। उनको एक दाइ रहेका छन्।
उनी परिवारसहित हाल ललितपुरको थल्सीखेलमा बस्छिन्।
आमा मुनु सिग्देलसँग श्रृखंला