कवि निबन्धकार भीष्म उप्रेतीको नयाँ कवितासंग्रह ‘आधा उज्यालो’माथि परिचर्चा गरिएको छ। नेपाल पर्यटन बोर्डको शभाहलमा आयोजित कार्यक्रममा अग्रज कविहरू मञ्जुल, श्यामल एवं त्रिभुवन विश्वविद्यालयका अङ्ग्रेजी विभाग प्रमुख अम्मरराज जोशीले कृतिमाथि अन्तरक्रिया गरेका थिए।
कार्यक्रमको सुरूवातमा ‘आधा उज्यालो’बाट आफ्ना पाँच थान कविता वाचन गर्दै भीष्म उप्रेतीले कविताको रचना गर्भका बारेमा बोले। यस्तै कवि श्यामलले कविताको परिभाषा सर्वसम्मत नहुने बताउँदै भीष्मका कवितामा सशक्त जीवनचेत पाइने औंल्याए।
‘भीष्मका कवितामा सामान्य कुराहरूको उपस्थितिमा विशिष्ट अभिप्राय पाइन्छ’, अर्का वक्ता प्राध्यापक अम्मरराज जोशीले भने। ‘आधा उज्यालो’ कवि उप्रेतीको नवौं कवितासंग्रह हो।