भारतीय उपन्यासकार अरून्धती रोयको नयाँ उपन्यास 'दी मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस' सन् २०१७ को बुकर प्राइजको सम्भावित सूचीमा परेको छ
रोयको यो उपन्यासले भारतीय समाजका विसङ्गति देखाउन खोजेको छ।
बीस वर्ष पहिले प्रकाशित उनको पहिलो उपन्यास 'गड अफ स्मल थिङ्स' ले पनि सन् १९९७ मा यो पुरस्कार जितेको थियो।
रोयसँग पाकिस्तानी उपन्यासकार मोहिन हामिदको 'एक्जिट वेस्ट' पनि यो सूचीमा छ। हामिदले विभिन्न सहरमा यात्रारत शरणार्थी जोडीको प्रेमकथामा यो उपन्यास लेखेका छन्।
यस्तै अली स्मिथको 'अटमन' र जेडि स्मिथको 'स्विङ टाइम' ले पनि यो सूचीमा ठाउँ पाएको छ।
यस्तै छनोटकर्ताको रोजाइमा पाउल अस्टरको '४३ २ १', सेबस्टियन बेरीको 'डेज विथआउट इन्ड', इमिली फ्रिडल्डको 'हिस्ट्री अफ उल्भ्स्', माइक म्याककर्म्याकको 'सोलार बोन्स' पनि परेका छन्।
३ पुस्तकको लामो सूचीमा जोन म्याक ग्रेगरको 'रिजर्भोवयर १३', फिरोना मोज्लीको 'इल्मेट', जर्ज सन्डर्सको 'लिंकन इन दी बार्डो',क्यामिला श्यासीको 'होम फायर' पनि छन्।
लामो सूचीमा चार बेलायती, चार अमेरिकी, दुई आयरीस, दुई बेलायत बस्ने पाकिस्तानी र एक भारतीय लेखक समेटिएका छन्।
यी १३ मध्येका केही पुस्तकहरू छनोट गरी संस्थाले फेरि छोटो सूची प्रकाशित गर्छ। छोटो सूची सेप्टेम्बर १३ मा प्रकाशित हुनेछ। बुकर प्राइज जित्ने किताब भने अक्टोबर १७ मा घोषणा गरिने छ।
विजेताले ५० हजार बेलायती पाउण्ड पुरस्कार पाउने छन्।
गत वर्षको बुकर प्राइज भने इजरायली लेखक डेबिट ग्रसम्यानले 'अ हर्स वक्स इनटु अ बार' नामक उपन्यासका लागि पाएका छन्।