साउन १८ गते रिलिज हुने नेपाली कथानक चलचित्र 'कायरा'को निर्माण युनिट यतिबेला प्रचारप्रसारका लागि देश दौडाहमा छ । सोहि अवसरमा पोखरामा पनि फिल्म युनिटले आफ्नो प्रचारप्रसार गर्यो ।
चलचित्रका मुख्य दुई पात्र अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको उपस्थितिमा चलचित्र टिमले बाईक र्याली सहित प्रचारप्रसार गरेको हो ।
शनिबार गरिएको बाइक र्याली पश्चात चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नायक आर्यनले कायरा प्रेम कथामा आधारित चलचित्र भएको बताए ।
'यो एक विशुद्ध प्रेम कथामा बनेको चलचित्र हो , यसमा अन्य सामाजिक सन्देश पाउनु भन्दा पनि चलचित्रले मनोरञ्जन प्रदान गर्नेछ', आर्यनले भने ।
यदि तपाईलाई प्रेम कथा मन पर्छ भने 'कायरा'ले पनि तपाईको मन छुने आर्यनको भनाइ थियो । चलचित्रकी नायिका साम्राज्ञीले आर्यनसंग काम गर्न रमाईलो महशुष भएको बताउदैं 'कायरा माया सहित सबै पक्ष समेटिएको राम्रो कथानक चलचित्र भएको बताइन ।
त्यस्तै चलचित्रका निर्देशक लक्ष्मण रिजालले एक पटक हलसम्म पुगेर 'कायरा'लाई माया गरिदिन दर्शकलाई आग्रह गरे । आर्यन होम्स प्रोडक्सनमा निर्माण भएको चलचित्रमा लेखन पनि आर्यनकै छ ।
रिजालकै लगानी रहेको चलचित्रमा आर्यन र साम्राज्ञी अलावा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । फिल्मलाई फिलिपिन्स र नेपालको रमणीय ठाँउमा छांयाकन गरिएको छ