बिना अनुमति आफ्नी हत्या गरिएकी छोरी रोजी महर्जनको कथामा फिल्म बनाएको भन्दै सुटिङका क्रममा केहि दिन अवरोध खेपेको 'रोजी' भदौ २२ को रिलिजका लागि तयार देखिएको छ।
हाल धमाधम पोस्टप्रोडक्सनमा रहेको फिल्मले फिल्मका मुख्य कलाकार प्रदिप खड्काको फिल्ममा रहेको चार भिन्न अवतारलाई सार्वजनिक गर्दै दर्शकको ध्यान आकृष्ट गर्ने प्रयास गरेको छ।
‘रोजी’ टिमले एक्सक्लुसिभ क्यारेक्टर लुक्स आउट गर्दै प्रदीप चरित्रलाई सार्वजनिक गरेको हो । ती चार पात्रमा मुड, मनस्थिती र मनोदशाका अलग आकृति देख्न सकिन्छ ।
सार्वजनिक गरिएका चार तस्वीरमा प्रदिपलाई क्रमश: सामान्य तर सोझा युवक, विद्यार्थी, नोस्टाल्जिक र तथा अपराधी अवतारमा देख्न सकिन्छ ।
‘मेरा लागि यो अवसर पनि हो, चार चरित्र चित्रण गर्नु मेरा लागि च्यालेन्ज र अपर्चुनिटी दुबै हो’ प्रदिपले भने, ‘प्रत्येक क्यारेक्टरका आफ्नै अर्थ र सन्देश ।’
निरक पौडेल फिल्मका निर्देशक हुन्।
फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढावको कथा भन्छ । फिल्ममा प्रदिपसँघै मिरूना मगर तथा परमिता राज्य लक्ष्मी राणा पनि मूख्य भूमिका देखिनेछन्।