‘तिमी र म’ नामक सिनेमा निर्माणको घोषणा भएको छ ।
बुधबार काठमाडौमा एक कार्यक्रमका बीच सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको हो । सिनेमाको प्रमुख कलाकारमा अभिनेता कविर खड्का र सुर्या थापाको जोडी बाँधिएको छ ।
घोषणा कार्यक्रममा सिनेमाको लागि थप जोडी नायक-नायिकाको खोजी भैरहेको निर्देशक सरोज पोखरेलले बताए ।
माघबाट फ्लोरमा जाने यस सिनेमाको सम्पुर्ण छायांकन अष्ट्रेलियामा हुनेछ ।
यस प्रेमकथालाई सरोज पोखरेलले अष्ट्रेलियन निर्देशक मेट विल्लिम्ससँग मिलेर संयुक्त रुपमा निर्देशन गर्नेछन् ।
सिनेमाले सुनौलो सपना बोकेर अष्ट्रेलिया पुगेका युवाहरुको कथा सिनेमाले पेस गर्ने निर्देशक पोखरेलले कार्यक्रममा जानकारी दिए ।
१ करोड ५० लाखमा निर्माण लागतमा सक्ने लक्ष्य लिइएको सिनेमा एनएसएम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको हो ।
कार्यक्रममा अभिनेता खड्काले ‘तिमी र म’ को कथा उत्कृष्ट लागेर काम गर्न लागेको बताएका थिए