विगत दुई वर्षदेखि सिनेमा सर्कल नेपालले गर्दै आएको 'एलजी सिने सर्कल अवार्ड' यो वर्ष भदौ ३१ गते हुने भएको छ ।
अवार्ड समारोह यसपटक राष्ट्रिय सभागृहमा हुनेछ ।
अवार्डले यस वर्ष वरिष्ठ निर्देशक किशोर रानालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड दिने भएको छ। राना 'राँको', 'करोडपति', 'सिमारेखा', 'घामछायाँ', 'एक नम्वरको पाखे', 'कर्जा', 'घुम्टो' जस्ता दर्जनौ नेपाली फिल्मका निर्देशक हुन्।
उनलाई नगद ५१ हजार सहित सम्मान गरिने सिनेमा सर्कल नेपालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ।
राना पछिल्लो समय मृगौलासम्बन्धि रोगबाट पीडित रहेका छन्।
कुल २२ विधामा अवार्ड प्रदान गरिने आयोजकले आफ्नो विज्ञप्तिमा जनाएको छ।
'एलजी सिने सर्कल अवार्ड'ले यस वर्ष निम्न विधाहरूमा अवार्ड गर्ने जनाएको छ।
१. वर्षको उत्कृष्ट चलचित्र
२. वर्षको उत्कृष्ट निर्देशक
३. वर्षको उत्कृष्ट नायक
४. वर्षको उत्कृष्ट नायिका
६. वर्षको उत्कृष्ट संगीतकार
७. वर्षको उत्कृष्ट अनस्कृन जोडी
८. वर्षको उत्कृष्ट कोरियोग्राफर
९. वर्षको उत्कृष्ट एक्सन निर्देशक
१०. वर्षको उत्कृष्ट पाश्र्व गायिका
११. वर्षको उत्कृष्ट पाश्र्व गायक
१२. वर्षको उत्कृष्ट पटकथा
१३. वर्षको उत्कृष्ट पाश्र्व संगीत
१४. वर्षको उत्कृष्ट सम्पादक
१५. वर्षको सर्वाधिक चर्चित अभिनेत्री
१६. वर्षको सर्वाधिक चर्चित अभिनेता
१७. वर्षको उत्कृष्ट कमेन्डेबल मुभि
१८. वर्षको उत्कृष्ट भीएफएक्स
१९. वर्षको उत्कृष्ट स्टन्ट
२०. वर्षको सर्वाधिक चर्चित गीत
२१. वर्षको उत्कृष्ट ट्रेलर
२२. वर्षको उत्कृष्ट पोष्टर