राजधानीमा आइतबार सम्पन्न सिने सर्कल नेपालको 'एलजी फिल्म अवार्ड'मा निता ढूँगाना तथा नाजिर हुसौन सर्वोत्कृष्ट अभिनेत्री तथा अभिनेता घोषित भएका छन्। नीता 'पंचायत' फिल्मबाट सर्वोत्कृष्ट हुँदा नाजिर 'तिमीसँग' बाट भएका हुन्।
अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड 'भूईंमान्छे'बाट नवराज बुढाथोकीले पाए। अवार्डमा 'तिमीसँग'लाई उत्कृष्ट फिल्म घोषित गरिएको थियो।
यसैगरी पपुलरतर्फ अवार्ड भने प्रदिप खड्का तथा अभिनेत्री प्रियंका कार्कीले उचाले। उनीहरूले सो अवार्ड क्रमश: 'लिलीबिली' तथा 'छक्का पञ्जा २'का लागि पाएका हुन्।
यस्तै 'मंगलम'बाट अभिनेता पुष्पल खड्काले क्रिटिक्स अवार्ड हात पारे।
उपराष्ट्रपतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको अवार्डमा बलिउड अभिनेता गोबिन्दा विशेष अतिथिका रूपमा उपस्थित थिए।
अवार्ड समारोहमा मृगौला रोगबाट पीडित 'राँको', 'करोडपति', 'सिमारेखा', 'घामछायाँ', 'एक नम्वरको पाखे', 'कर्जा', 'घुम्टो' जस्ता दर्जनौ नेपाली फिल्म निर्देशक किशोर रानालाई ५१ हजार सहित लाईफटाइम एचिभमेन्ट अवार्डबाट प्रदान गरिएको थियो । अवार्डको जुरी सदस्यमा दिनेश डिसी, कृष्ण भट्टराई र महेश खड्का रहेका थिए ।
अवार्डमा बोल्दै बलिउड अभिनेता गोविन्दाले ससुराली देशमा मिलेको मायाप्रेम तथा सम्मानले आफू हर्षित भएको बताए ।
'नेपाल मेरो पहिलो प्रेम हो । किनकी मैले पहिलो प्रेम नेपालकी छोरीसँग गरेको थिएँ ', उनले भने। उनले नेपाली अभिनेत्रीहरुको सौन्दर्यको पनि प्रशंसासमेत गर्न भ्याए ।
उनले दपराष्ट्रपति पुन:सँगै निर्देशक किशोर रानालाई लाइफ टाइम अचिभमेन्टको सम्मान प्रदान गरेका थिए। सो अवार्ड रानकी पत्नी तथा गायिका संगिता राना प्रधानले ग्रहण गरेकी थिइन्।
त्यस्तै उनकी छोरी टिना अहुजाले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड प्रदान गरेकी थिइन् ।
अवार्ड विजेताको पूर्ण सूचि:
१. उत्कृष्ट पोस्टर: शान थापा/ विजय वस्याल (शत्रुगते)
२.उत्कृष्ट ट्रेलर: सुरेन्द्र पौडेल (कृ)
३.उत्कृष्ट स्टन्ट: सिम्पसन तामाङ् (पिंजडा ब्याक अगेन)
४. पपुलर गीत: कुटुमा कुटु (२ रुपैया)
५. उत्कृष्ट भिएफएक्स: माओत्सुगु मिकामी (माइ लभ)
६. प्रशंसनिया चलचित्र: पंचायात
७.पपुलर अभिनेता: प्रदिप खड्का (लिलिबिली)
८. पपुलर अभिनेत्री: प्रियंका कार्की ( छक्का पन्जा)
९. उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ( शत्रुगते)
१०. उत्कृष्ट पार्श्व ध्वनी: एलिश कार्की (लिलिबिली)
११. उत्कृष्ट पटकथा: शिशिर राणा/सुशील क्षत्री/सुमन उप्रेती/ साकार ओझा (तिमि संग)
१२. उत्कृष्ट पार्श्व गायन पुरुष: सुगम पोख्रेल( भन्छु आज / म यस्तो गीत गाउछु)
१३. उत्कृष्ट पार्श्व गायन महिला : मेलिना राई (कुटुमा कुटु/ दुइ रुपैया)
१४.उत्कृष्ट अन स्क्रिन कपल : रमेश उप्रेती र दीपिका प्रसाईं
१५. उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल, भन्छु आज
१६. उत्कृष्ट कोरियोग्राफर: कविराज गहतराज (कुटुमा कुटु)
१७. उत्कृष्ट छायाँकार. विदुर पाण्डे (भुइँमान्छे)
१८. उत्कृष्ट एक्सन निर्देशक: चन्द्र पन्त (कृ)
१९. उत्कृष्ट नायिका : नीता ढुङ्गाना (पञ्चायत)
२०. उत्कृष्ट नायक: नाजिर हुसेन (तिमि संग)
२१. उत्कृष्ट निर्देशक : नवराज बुढाथोकी, भुइँमान्छे
२२. उत्कृष्ट चलचित्र : तिमीसँग
क्रीटिक्स अवार्ड: पुष्पल खड्का
लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना