विपिन कार्कीसँग श्रृष्टि खड्काको जोडी बाँध्दै ‘परी: उड्न देऊ’ सिनेमाको घोषणा गरिएको छ।
सोमबार काठमाडौमा एक कार्यक्रमकाबीच सिनेमा निर्माणको घोषणा गरिएको हो । सिनेमालाई म्युजिक भिडियो निर्देशन र सम्पादनमा गर्दै आएका निशान कश्यप घिमिरेले निर्देशन गर्नेछ।
साढे एक करोडको बजेटमा निर्माण हुने सिनेमाका निर्माता रुपेशमान अमात्य हुन् ।
निर्देशक कश्यपले भने, ‘एउटा उत्कृष्ट सिनेमा बनाउने इमान्दार प्रयास गर्नेछौं । सिनेमा रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलर हुनेछ ।’
निपिल शर्माको कथा लेखन रहेको सिनेमा वैशाखबाट छायाँकनमा जानेछ। घोषणा कार्यक्रममा निर्माणपक्षले सिनेमाको बारेमा थप केहि खुलाएनन्। सुटिङमा जानुअगि केहि समय कलाकारलाई केहि मसय वर्कसपमा राखिने जानकारी कार्यक्रममा दिइयो।
‘परी’को छायाँकन नेपालका अलावा भारतको राजस्थानमा समेत गरिने छ ।
सिनेमाबाट नायिकाका रूपमा डेब्यू गर्न लागेकी श्रृष्टिले सिनेमाको कथावस्तु राम्रो भएकाले पनि सिनेमामा काम गर्न तयार भएको बताइन् ।
‘परी’मा मेरो भुमिकालाई दर्शकले मन पराउनेमा विश्वस्त छु । पहिलो सिनेमामा विपिन कार्की जस्तो सफल कलाकारसँग काम गर्न पाउँदै छु । उहाँबाट मैले धेरै कुरा सिक्न अवसर पाउनेमा आशावादी छु', उनले भनिन्।