२००९ मा निर्माण भएको सिनेमा ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने भएको छ । मंगलबार निर्माता प्रज्वल शमसेर जबराले निर्देशकको रूपमा दिनेश राउत अनुबन्धन गरेसँगै सिनेमाको सिक्वल बन्ने पक्का भएको हो ।
पहिलो सिनेमालाई सुदर्शन थापाले निर्देशन गरेको थिए। सो सिनेमामा अभिनेता आर्यन सिग्देल र नम्रता श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका थिए।
सिक्वलमा यही जोडी दोहरिने छ या नयाँ जोडीले काम गर्नेछ भन्ने बारेमा केहि सार्वजनिक गरिएको छैन।
सिनेमाको कथा स्वयंम निर्देशक दिनेश राउतले लेखिरहेका छन्।
एक दशक पहिले यो सिनेमा निर्माण हुँदा निर्देशक राउतले ‘मेरो एउटा साथी छ’मा असिटेन्ट निर्देशक थिए ।