'कबड्डी' फेम निर्देशक रामबाबु गुरूङ् निर्देशित नयाँ सिनेमा ‘साइँली’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
२०१७ को सुपरहिट गीत ‘साइँली’को नाम सापटी लिएर सिनेमा निर्माण गरिएको सिनेमाले सोहि गीतको अन्तर्यलाई आफ्नो विषय बनाएको छ । सिनेमाको सार्वजनिक ट्रेलर सिनेमाका प्राय जसो मुख्य कलाकारलाई स्थान दिइएको ख्य कलाकारलाई स्थान दिइएको छ ।
सिनेमामा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, केनिपा सिंह, माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।
यो सिनेमालाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको निर्देशक रामबाबु गरुङले ‘साइँली’को कथा गीतको भिडियोका देखाइएको कथा भन्दा केही फरक भएको बताए । गी
तको भिडियोको जस्तै वैदेशिक रोजगारीको कथा भएपनि पैसाको कारण श्रीमान श्रीमतीको झगडा र पैसा कमाउनको लागी विदेश जान बाध्य श्रीमानको कथा सिनेमाले उठाएको रामबाबुको भनाइ थियो। उनले आफ्नो टिमले ‘साइँली’लाई उत्कृष्ट बनाउने इमान्दार प्रयास गरेका कारण दर्शकले मन पराउनेमा निमार्ण टिम ढुक्क रहेको बताए ।
विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा विजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
सिनेमा चैत १५ मा रिलिज हुनेछ।