अभिनेता माओत्से गुरूङको निर्देशनमा ’सपनाको देश’ सिनेमा निर्माणको घोषणा भएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच कार्यक्रममा निर्देशक तथा कलाकार माओत्से गुरुङले अमेरिका पुगेका नेपालीहरुको भोगाइलाई लिएर सिनेमा निर्माण गर्ने घोषणा गरेका हुन् ।
२५ प्रतिशत नेपालमा र ७५ प्रतिशत अमेरिकामा छायाँकन गरिने सिनेमाले नेपालीले सपनाको देशमान्दै आएको अमेरिकामा नेपालीले गर्ने संघर्षको कथा सिनेमाले पेस गर्नेछ।
कार्यक्रममा बोल्दे निर्देशक गुरूङले भने , ’अमेरिकालाई सपनाको देशको रुपमा लिइन्छ । त्यही भएर यो सिनेमाको अधिकांश छायांकन अमेरिकामा नै गर्न लागेका हौँ
करिब ८० लाख बजेटमा निर्माण हुन लागेको सिनेमामा बाबु बोगटी, एन्सर्ज गुरुङ, मिरा गुरुङ, आइतराम गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।
सिनेमाको मुख्य अभिनेत्रीमा एन्सर्जलाई नै किन लगियो भन्ने पत्रकारको जिज्ञासामा निर्देशक गुरुङले भने, ’पहिलेदेखि सँगै काम गरेको, सेन्टिमेन्टल कथावस्तुमा वास्तविक अभिनय गर्ने क्षमता उहाँमा छ ।’
एन्सर्ज गुरुङले यसअघि ’मनको बाबरी’ लगायतका केही सिनेमामा अभिनय गरिसकेकी छिन् । सिनेमामा शम्भु मोक्तानको छायाँकन र दावा शेर्पाको गीत र संगीत रहनेछ ।
देव गुरुङको लगानी रहने सिनेमाको कथा एन्सर्ज गुरुङले लेखेका हुन् ।