बुधबार राजधानीमा मस्तिष्क पक्षघात सम्बन्धि जनचेतना मुलक गीत 'नभन मेरो भाग्य' को विमोचन गरियो । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले एक कार्यक्रमको बिच गीतको विमोचन गरेका हुन् ।
गायक शिव परियारले गाएको गीतमा नरेश कुमार प्रधानको शब्द रहेको छ। गीतमा रिदम कडेलको संगीत तथा एरेन्ज रहेको छ ।गीतको रेकर्डिस्ट महेश्वरमान राज भण्डारी रहेका छन् भने गीतलाई साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतमा अभिनेता सरोज खनाल, सुर्य माला खनाल तथा बाल कलाकार श्रीवानी थापा र रुपेश लामाले अभिनय गरेका छन।गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
मस्तिष्क पक्षघात समाज कि अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा सुरु भएको कार्यक्रममा काठमाडौं महानगरपालिका का उप मेयर हरि प्रभा खड्गि श्रेष्ठ ,अभिनेता सरोज खनाल लगायत अतिथिका का रूपमा उपस्थित थिए । कार्यक्रम संयोजन बुनु श्रेष्ठले गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवालीले मस्तिष्क पक्षघात कुनै पूर्व जन्म को पाप वा गल्ती नभै मानवलाई आइपर्ने आकस्मिक अनपेक्षित घटना भएको र यो समस्या लाई हामी सबै मिलेर समाधान गर्नुपर्ने बताएका थिए ।
काठमाडौं महानगरपालिकाका उप-मेयर हरि प्रभा खड्गी श्रेष्ठले स्थानीय निकाय को अधिकार ले भ्याएसम्म मस्तिष्क पक्षघात पीडित लाई सहयोग गर्ने बताए ।
गायक शिव परियारले सस्था लाई नगद १०००१ रूपैयाँ सहयोग गरेका छन् । समाजसेवी नरेन्द्र बहादुर श्रेष्ठले नगद २१००० रूपैयाँ सहयोग गरेका थिए ।
संस्था का अध्यक्ष उर्मिला श्रेष्ठले सबै को सहयोग को अपेक्षा गर्दै सबै सङ्ग हातेमालो गर्दै मस्तिष्क पक्षघात पीडित को लागी सदा निस्वार्थ भावना ले काम गर्ने बताए ।