’पोइ पर्यो काले’ले छायांकन २८ दिनमा सकिएको घोषणा गरेको छ । सिनेमामा सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ तथा सृष्टि श्रेष्ठको प्रमूख अभिनय रहेको छ।
निर्माणपक्षले सिनेमाको एक गीतको छायाँकन बाँकी रहेको जनाएको छ।
शिशिर राणा निर्देशित सिनेमा आगामी कात्तिक ८ गते तिहारमा रिलिज हुनेछ।
सिनेमामा सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ ।
सिनेमाको कथा स्वयंम निर्देशक राणाले लेखेका हुन् । शिव ढकालले छायाँकन गरेको सिनेमाका गीतमा सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् ।