अभिनेता विराज भट्टको निर्माण तथा निर्देशकिय डेब्यू ‘साङ्लो’को छायाँकन सकिएको छ ।
विराज र पूर्व मिस नेपाल निकिता चाण्डक स्टारर सिनेमा 'साङ्लो'को सम्पुर्ण छायाँकन ५० दिनमा सकिएको हो।
बैशाख २४ गतेबाट फ्लोरमा गएको सिनेमाको बजेट दुई करोड माथी रहेको निर्माणपक्षको दाबी छ।
सिनेमामा विराज र निकिताका अलवा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।
‘साङ्लो’ को केही दिन अगाडि डोटीमा छायाँकनको क्रममा गाउँपालिकाले १० लाख बजेट दिएको विषयलाई लिएर विवादमा आएको थियो ।
सिनेमाका गीतमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत छ ।
काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा सिनेमाको छायांकन गरिएको छ । सिनेमाको पटकथा तथा संवाद लेखक शिवम अधिकारी हुन् ।
सिनेमालाई उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नराखेको निर्माता तथा निर्देशक विराजले बताएका छन् ।
एक्सन-लभस्टोरी जनराको ‘साङ्लो’ नेपालीका अलावा भोजपुरी र हिन्दीमा पनि डब हुनेछ।