'बुलबुल' सिनेमाबाट 'चोपेन्द्र भुसालका रूपमा चर्चा बटुलेका मुकुन भुसालले अभिनेत्री केकी अधिकारीसँग जोडी बाँध्ने तय भएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने सिनेमा 'झिङ्गेदाउ'मा उनीहरूको जोडी बाँधिन लागेको हो।
निर्देशक देउजाले केकी सिनेमामा अनुबन्धित भएको पुष्टि गरे। सिनेमाको चरित्रमा केकीले नै न्याय गर्न सक्ने भएकाले केकीलाई लिइएको उनको भनाइ छ। सिनेमा सामाजिक कथाका लागि चर्चित भीमनिधि तिवारीको सोही शीर्षकको कथामा आधारित हुनेछ।
सिनेमाका अन्य मूख्य कलाकारको छनौट भइसकेको देउजाले बताएका छन्। केहि दिनमा पत्रकार सम्मेलन गर्दे त्यसको जानकारी दिने जानकारी उनले दिए।
सिनेमाको सुटिङ सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिनेछ। । सिनेमामा अर्जुन पोखरेलले संगीत र प्रदीप भारद्वाजको पटकथा/संवाद रहनेछ ।