अभिनेत्री रेखा थापाले आफ्नो छैटौं सिनेमाका लागि रेनेशा राई राणालाई अनुबन्धित गरेकी छन्।
रेनेशाको जन्मदिनमा रेखाले आफ्नो नयाँ सिनेमाको निर्देशकका रूपमा अनुबन्ध गरेकी हुन्। नेपाली सिनेमामा कोरियोग्राफरका रूपमा चर्चित रेनेशाले गत वर्ष 'इन्टु मिन्टु लण्डनमा' सिनेमाबाट निर्देशनमा डेब्यू गरेकी थिइन्।
अभिमन्यू निरबीकोको स्क्रिप्टमाथि बन्ने यस सिनेमा मल्टिस्टारर हुने बताइएको छ।
हाल स्क्रिप्टमाथि काम भइरहेको यो सिनेमा मंसिरबाट छायाँकनमा जानेछ।
सिनेमाको विस्तृत जानकारी केहि समयपछि सार्वजनिक गर्ने अभिनेत्री थापाले बताएकी छन्।