‘राजा साहेब’ निर्माणको औपचारिक निर्माण घोषणा गरिएको छ ।
रमित ढुंगाना स्टारर सिनेमाको सोमबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच कोटेश्वरस्थित महादेव मन्दिरमा सिनेमाको शुभ मुहुर्त गर्दै निर्माण घोषणा गरिएको हो ।
सिनेमा बुधबारबाट फ्लोरमा जानेछ।
बिचल किराँतीको निर्देशनमा निर्माण हुने सिनेमामा रमितका अलावा धिरेन शाक्य, जयकिशन बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जन लगायतको प्रमूख भूमिका रहने छ ।
सिनेमाबाट सोनिका केसी र आइशा राईले नायिकाका रूपमा नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।
निर्देशक राईकै कथा पटकथा तथा संवाद रहेको सिनेमामा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ ।
पवन गौतमले खिच्ने सिनेमामा सम्पादक समिर मियाँ हुन् । सिनेमा तिहारमा रिलिज हुने बताइएको छ।