‘कृ’ निर्माता सुवास गिरीले नयाँ सिनेमा बनाउने तय भएको छ। उनले निर्माण गर्ने सिनेमामा खगेन्द्र लामिछानेले मूख्य भूमिका निभाउनेछन्।
सिनेमाको नाम हाललाई 'नन्दुलाल' राखिएको छ। सिनेमाको कथा खगेन्द्रले नै लेखिरहेका छन्।
खगेन्द्र हाल आफ्नै निर्देशनमा निर्माण हुने सिनेमा 'पानीफोटो'को प्रि-प्रोडक्सनमा व्यस्त छन् ।
'नन्दुलाल' सिनेमा माघबाट फ्लोरमा लैजाने निर्माता गिरीको योजना छ। सुवासले यसअघि ‘नोभेम्बर रेन, क्लासिक, कृ’ जस्ता सफल सिनेमा निर्माण गरिसकेका छन् ।
‘हो, हामी नयाँ सिनेमाको कथामा काम गरिरहेका छौं । यसपटक सामाजिक बिषयवस्तुमा सिनेमा निर्माण गर्ने तयारी सुवास इन्टरटेन्मेन्टले गरेको छ’, गिरीले भने।
सिनेमाको निर्देशन निर्माता गिरी आफैले गर्ने उच्च सम्भावना छ तर, अहिलेसम्म निर्देशक गर्ने पक्का भने भैसकेको छैन् ।
‘सामाजिक कथा भएकाले पनि आफैले निर्देशन गर्ने सोच बनाएको हुँ, सिनेमाको कथा फाइनल भैसकेको छैन्, कथा अनुसार आफुले निर्देशनमा टिमबाट राम्रो काम निकाल्न सक्छु जस्तो लाग्यो भने निर्देशन गर्छु’, उनले भने।