अनुभवी निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशमा बन्न लागेको ’झिङ्गेदाउ’मा आँचल शर्मा पनि अनुबन्धित भएकी छन्।
सिनेमामा अभिनेत्री केकी अधिकारी र अभिनेता मुकुन भुषाल यसअघि नै मूख्य भिकाका लागि अनुबन्धित भइसकेका छन् । आँचल केहीदिन पहिले मात्रै सिनेमाको मुख्य भुमिकामा अनुबन्धित भएकी हुन्।
निर्देशक देउजाले सिनेमामा केकी र आँचलको समानान्तर भूमिका हुने बताए ।
सिनेमामा उक्त क्यारेक्टरमा राम्रो अभिनय गर्न सक्ने कलाकार चाहिएकोले आँचललाई अनुबन्धित गरिएको उनले जानकारी दिए ।
सिनेमा साहित्यकार भिमनिधि तिवारीको अख्यानमा आधारित हुनेछ।
सिनेमा भदौदेखि छायाँकनमा जानेछ । सिनेमाको सुटिङ सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा खिचिनेछ ।