द्वन्द निर्देशक अष्टमान महर्जनले निर्देशनमा डेब्यू गर्ने पक्का भएको छ।
नेपाली, भोजपुरी तथा पूर्वोत्तर भारतका भाषिक सिनेमामा समेत एक्सन निर्देशन गरेका महर्जनएक एक्सन -लभ स्टोरी सिनेमाबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन्। निर्देशन गर्ने भएका छन् ।
यसैगरी सिनेमाका लागि मूख्य अभिनेता-अभिनेत्री पनि फाइनल भएका छन्। सिनेमाको मूख्य अभिनेतामा प्रितमराज सिन्च्युरी बन्ने भएका छन् भने सारा शिर्पाली सिनेमाको मूख्य अभिनेतर् तय भएकी छन्।
प्रितमले यसअघि 'रानीमहल'मा अनुबन्धित भएका थिए तर सो सिनेमाको सुटिङ निर्माता र निर्देशकको लफडाका कारण छायाँकनको बीचमा ने स्थगित भएको थियो।
प्रितम फाइनल भए पनि सारासँग लिखित सम्झौता भने भइनसकेको बताइन्छ। सिनेमा भदट १ बाट फ्लोरमा जाने बताइएको छ। सिनेमामा अर्जुन पोखरेलको संगीत रहने बताइएको छ।