‘आधा सुर’ सिनेमा निर्माणको घोषणा भएको छ । सपनासँग जोडिएको जिन्दगीको कथामा निर्माण हुने सिनेमाको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको हो ।
भदौ दोस्रो साताबाट फ्लोरमा जाने सिनेमा काठमाडौंमा र पोखरामा खिचिनेछ ।
सिनेमालाई अनिश पौडेलले निर्देशन गर्नेछन्।
सिनेमामा अर्पण थापा, प्रविण खतिवडा, शिशिर बाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, सुभांगम पराजुलीको अभिनय रहनेछ ।
मोहन जैशी यसै सिनेमामार्फत नेपाली रजतपटमा डेब्यू हुनेछन् ।
कार्यक्रममा निर्देशक पौडेलले सिनेमाका लागि एक अभिनेत्रीको खोजी भइरहेको छ । उनले केही दिनमा मूख्य अभिनेत्रीको टुंगो लाग्ने आयोजित पत्रकार सम्मेलनमा बताए ।
सिनेमाको कथा सौरभ कार्कीले लेखेका हुन् । उनले पटकथा तथा संवाद लेखनका लागि निर्देशक पौडेलसँग टिमअप गरेका छन् ।
विष्णु घिमिरे ‘कल्पित’ ले छायाँकन गर्ने सिनेमामा रोशनराज थापाको संगीत र केशव रानाको सम्पादन रहने छ ।