विपिन कार्की अब 'सेल्फी किङ' बन्ने भएका छन्। विशाल सापकोटाको निर्देशनमा तयार हुने 'सेल्फी किङ' सिनेमामा अनुबन्धित भएसँगै उनी सेल्फी किङ बन्ने तय भएको हो।
सापकोटा अमेरिकाबाट फिल्म मेकिङको अध्ययन सकाएर नेपाल आएका हुन्।
सिनेमालाई 'प्रसाद' का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले संयूक्तरूपमा निर्माण गर्नेछ।
जुम्लामा छायाँकन गरिने तय भएको सिनेमा भदौं १० बाट फ्लोरमा जानेछ।
सिनेमामा दुई अभिनेत्री हुनेछन जसका लागि स्वस्तिमा खड्का र लक्ष्मी बर्देवासँग कुराकानी चलिरहेको छ ।