धुर्मुस-सुन्तलीले निर्माण गर्ने भनिएको सिनेमा ‘सेन्टी भाइरस’ औपचारिक घोषणा भएको छ । सिनेमाको एक कार्यक्रमकाबीच बुधबार राजधानऋमा औपचारिक घोषणा गरियो।
सिनेमालाई रामबाबु गुरुङले निर्देशन गर्नेछन्।
सिनेमा ३५ दिनको सुटिङ तालिका बनाइएको सिनेमा भदौ ३ देखि फ्लोरमा जानेछ।
सिनेमामा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यको अभिनय रहनेछ ।
कुमार कट्टेल र दीपक आचार्यको लेखनमा निर्माण हुने सिनेमामा राजनराज सिवाकोटी/कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहनेछ ।
सिनेमा घोषणा कार्यक्रममा सामाजिक कथाबस्तुमा निर्माण हुने सिनेमाको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने सिताराम कट्टेलले जानकारी दिएका थिए ।
धुर्मुसले सो रकममध्ये १५ प्रतिशत रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई र बाँकी ५ प्रतिशत कलाकार संघको भवन निर्माणमा सहयोग गर्ने बताए।
सिनेमा कास्कीको रुपाकोटमा खिचिनेछ।