ह्योल्मो भाषामा निर्माण भएको पहिलो सिनेमा ‘मेतोक’ को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्यक समुदाय ह्योल्मो जातिको भाषा र कथामा बनाइएको सिनेमाको ट्रेलरमा मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ ।
ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन पूरा भइसकेको र यही वर्ष रिलिज गर्ने तयारी निर्माण टिमको छ ।
सिनेमामा निर्देशक थिलेन लामाको कथा र आगत के.सीको पटकथा तथा संवाद रहेको छ ।
सिनेमाको ६० लाखको लागतमा तयार भएको हो ।
सिनेमामा ठिलेन लामा, ओमु निमा डोल्मा लामा, दावा दोर्जे लामा, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो, भिम ज्याबा, कान्छीमाया ह्योल्मोलगायतको अभिनय छ ।
दावा डी. ह्योल्मोको संगीत रहेको सिनेमाको सन्देश शाहले सम्पादन गरिरहेका छन् । राम कुमार के.सी. ले सिनेमाको छायाँकन गरेका हुन् ।