रेनेशा वान्तवा राई राणाको दोश्रो निर्देशन ‘आइएम ट्वान्टी वान'मा धिरज मगरको जोडीको टुङ्गो लागेको छ। सिनेमामा धिरजको जोडी जसिता गुरूङ बन्ने भएकी छन्।
आइकोर फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमाको छायाँकन तिहार लगत्तै सुरु हुनेछ। स्रोतका अनुसार ‘आइएम ट्वान्टी वन्’ को वर्कसप गर्न जसिता यसै साता लण्डनबाट नेपाल आउँदैछिन् भने धिरज नेपाल आइसकेका छन्।
प्रज्वल शमसेर जबराको लगानीमा निर्माण हुने सिनेमामा जसिता र धिरज बाहेक अन्य कलाकार को-को रहने भन्ने बारेमा केही बताइएको छैन्।