‘रातो टिका निधारमा’ले आफ्ना कलाकारलाई तीजको दर खुवाएको छ।
सिनेमाले शनिबार बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित शर्मा रविन्द्रा झा आदिलाई सिनेमाको अफिस परिसरमा दर खुवाइएको थियो।सो अवसरमा कलाकारले एक-अर्कालाई दर खुवाउँदै तीज २०७६ को शुभकामना पनि आदान-प्रदान गरे ।
अशोक शर्मा निर्देशित ‘रातो टिका निधारमा’ असोज १० गते रिलिज हुँदैछ।यसै सिनेमाबाट अशोकका एकमात्र छोरा अंकित शर्मा नेपाली रजतपटमा डेब्यू गर्दैछन्।
वैदेशिक रोजगारको विषयमा तयार ‘रातो टिका निधारमा’मा नीता ढुंगाना, बुद्दि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको पनि अभिनय छ ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् ।
सिनेमामा शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।