विपिन कार्की स्टारर ‘सेल्फी किङ’को औपचारिक निर्माण घोषणा भएको छ ।
डेब्यू निर्देशक विशाल सापकोटाको निर्देशन रहने सिनेमाको आइतबार एक कार्यक्रमकाबीच आफ्नो लाइनअप सार्वजनिक गरियो।
कार्यक्रममा विपिनको भूमिका समेत सार्वजनिक गरियो। सिनेमामा विपिनले गोपाल दाहाल नामक एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनलाई प्रस्तुत गर्नेछन्।
अभिनेता विपिन कार्कीले राम्रो टिम र स्क्रिप्टका कारण ‘सेल्फी किङ’ गर्न राजी भएको बताए । सिनेमाको कथा आफ्नो वास्तविक जीवनसँग धेरथोर मिल्ने बताए ।
सिनेमामा विपिनका साथमा लक्ष्मी बर्देवा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरुको अभिनय रहनेछ ।
निर्देशक दिनेश राउत तथा सुवास थापाको निर्माण रहने सिनेमा केकी अधिकारी विशेष भूमिकामा देखिनेछिन्।
कार्यक्रममा पहिलो पटक निर्माताको रुपमा आएका निर्देशक राउतले नव-प्रवेशीलाई प्रोत्साहन र हौसला दिने उद्येश्यले आफू सिनेमा निर्माणमा आएको बताए ।